विप्लव समूहका प्रवक्तालाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्चको आदेश
साेमबार
6:१३ pm
४ भदौ, काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ ।
उनका भाइ वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ ।
प्रकाण्डलाई हाल काभ्रेको एक क्रसर उद्योगमा विस्फोटन गराएको आरोपमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिरासतमा राखेको छ । यसअघि चन्दा संङ्कलनको आरोपमा पक्राउ परेका उनलाई गत शुक्रबार सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको थियो ।
तर रिहा गर्न आदेश दिएलगत्तै क्रसरमा विस्फोट गराएको आरोपमा प्रहरीले फेरि पक्राउ गरेको थियो । सोमबार नै जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रकाण्डमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ३ दिनको म्याद लिएको छ ।
पूर्वराजदूत झा हत्या प्रकरणः कुक र दुई माली नियन्त्रणमा
साेमबार
6:१३ pm
४ भदौ, काठमाडौं । काठमाडौंको बबरमहलस्थित निजी निवासमा भएको पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो ।
‘केही सोधपुछ गर्नु पर्ने भएकाले हामीले ल्याएका हौं’, महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान जारी छ ।’
झाको पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत् थिए । ‘दुई जना माली भने हप्तामा दुई/तीन दिन सरसफाइका लागि आउने गरेका थिए’, स्रोतले भन्यो, ‘तामाङले पालेको रुपमा पनि काम गर्थें ।’
झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् ।
उनीहरु दुवै चिकित्सक हुन् । परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।
प्रियंकाको ईंगेजमेन्टका केही किस्सा
साेमबार
6:१३ pm
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्ना अमेरिकी प्रेमी निक जोनससँग मुम्बईमा ईंगेजमेन्ट गरिन् । उनीहरुले कहिले बिहे गर्छन् भन्ने चाहिँ खुलासा भएको छैन ।
प्रियंकाको ईंगेजमेन्टलाई भारतीय सञ्चारमाध्यमहरुले अत्यधिक महत्वका साथ प्रशारण गरिरहेका छन् । ईंगेजमेन्टमा चर्चित सेलिब्रिटीहरु सहभागी भएनन् । अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खान, अक्षय कुमार, रणवीर कपुर, रणवीर सिंह, अनुष्का शर्मा, ऐश्वर्या राय, अभिषेक बच्चन, दिपिका पादुकोण, ऋतिक रोशन, कंगना रणावत लगायत कोही पनि देखिएनन् । स्टारको नाममा आलिया भट्ट र परिणिती चोपडा मात्र थिए ।
दारुको गिलास समातेर प्रियंकाको डान्स
आफ्नो ईंगेजमेन्टमा प्रियंका निकै खुशी देखिएकी थिइन् । ईंगेजमेन्टपछिको पार्टीमा उनी दारुको गिलास समातेर अंग्रेजी गीतमा डान्स गरिरहेको भिडियो भाइरल भएको छ । यो भिडियोमा निक जोनस पनि देखिएका छन् । उनी प्रियंका नाचेको भिडियो खिच्न तल्लिन देखिन्छन् । भिडियोमा प्रियंकाका केही साथीहरु पनि छन् ।
कात्तिक १६ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘चङ्गाचेट’को पहिलो गीत सार्वजनिक गरिएको छ । भदौ १५ गतेलाई यसअघि प्रदर्शन मिति तय गरिएतापनि चलचित्र तयार हुन नसकेपछि कात्तिक १६ लाई प्रदर्शन मिति तय गरिएको हो । ‘गोजीमा दाम छैन’ बोलको गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो ।
रविन चाैधरी
‘गोजीमा दाम छैन’ भन्दै आयुष्मानलाई जिस्काउँदै प्रियंका
बलिउड अभिनेता सलमान खानका भाई अरवाज खान पत्नी मलाइका अरोडासँग डिभोर्सपछि एक्लो जीवन बिताइरहेका छन् । अब चाँडै उनले आफ्नी प्रेमिका जर्जिया एडि्रयानासँग बिहे गर्ने मुड बनाएको खबर सार्वजनिक भएको छ ।
मलाइकासँग डिभोर्सपछि जर्जियासँग नजिकिएका थिए अरबाज । उनीहरु अब एक-अर्कासँग छुट्टनि नसक्ने अवस्थामा पुगिसकेको बताइन्छ । त्यसैले अरबाज जर्जियालाई चाँडै आफ्नो घरमा भित्र्याउन चाहन्छन् । तर, यसमा उनको परिवार तगारो बनेको छ ।
रविन चाैधरी
सलमानका भाई अर्को बिहेको तयारीमा
सिवाकोटीले वर्षा राउत र उनलाई लिएर बनाइएको एउटा ट्रोल आफ्नो इन्स्टाग्रामको स्टोरीमा मात्र राखिन् र लाइक पनि ठोकिन् । आफूलाई होच्याएर बनाइएको ट्रोल शिवाकोटीले सेयर गर्दा राउतले चित्त दुखाएकी छन् ।यसअघि पनि फिल्म ‘मेरो पैसा खोई’ मा राउतले शिवकोटीलाई विस्थापित गरेकी थिइन् । तर, दुबै वर्षाले आफूहरुबीच कुनै वैमनष्यता नरहेको दावी गर्दै आएका छन् ।
रविन चाैधरी
वर्षा राउतको चित्त दुखाई
धेरै नायिका आउने–जाने क्रम चलि रहेको नेपाली चलचित्रमा दुई नायिका पूजा र सारा अहिले चर्चामा छन् । चलचित्र सुश्री सम्पत्ति तथा राम कहानीको प्रमोसनमा व्यस्त पूजा र साराले सँगै चलचित्रमा काम नगरे पनि नारीको कभर फोटोसुटका लागि उनीहरूसँगै भए । यी दुवै नायिकामा आ–आफ्नो चलचित्रको पब्लिक रियाक्सन कस्तो होला भन्ने उत्सुकता देखिन्थ्यो ।
प्रेम गीतबाट डेब्यु गरेकी पूजा रामकहानीकी निर्मातृ समेत हुन् । सानैदेखि होस्टेल बसेकी पूजा स्ट्रेट फरवाड नायिकाका रूपमा परिचित छिन् । आफूलाई कोही मान्छे मन परेन भने जीवनभरिलाई पुग्छ, पूजा भन्छिन्–मलाई सही कुरा बोल्न कसैसँग डर लाग्दैन । उनका अनुसार चलचित्रमा केही नयाँपन दिनुपर्छ भन्ने सोच नै रामकहानी निर्माणको उद्देश्य हो ।
त्यस्तै चलचित्र रुद्रमार्फत डेब्यु गरेकी नायिका सारा सिरपाइली मिस टिनमा भाग लिएपछि मोडलिङ हुँदै चलचित्रमा आएकी हुन् । नायक निखिल उप्रेतीसँग चलचित्र रुद्रमा पहिलो पटक काम गरेकी सारालाई निखिलकै पिंजडा ब्याक अगेनमा समेत काम गरेको अनुभव छ । उनको तेस्रो चलचित्र सुश्री सम्पत्ति प्रदर्शनको क्रममा छ । सारा उक्त चलचित्रपछि आफ्नो करियरले थप गति लिने आशामा छिन् । नम्र र जोसँग पनि घुलमिल भैहाल्ने सारा चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउने धुनमा छिन् । पूजा र साराको सफलता उनीहरूकै यी दुई चलचित्रमा निर्भर छ ।
माेडेल बल्ग
सांसदको शपथ फागुन २० गते
फाल्गुन ९, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ अधिवेशन सुरु हुने अघिल्लो दिन फागुन २० गते हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ का लागि संघीय संसद्को अधिवेशन आहवान गर्नुभएपछि त्यसको एक दिन अघि सपथ गराउने तयारी संघीय संसद् सचिवालयले गरेको हो । सचिवालयका प्रवक्ता भरत गौतमले एकै दिन फरक–फरक समयमा दुवै सभाको शपथ कार्यक्रम तय गरिएको बताउनुभयो । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् । कानुनअनुसार दुइ वटै सभाको अध्यक्षता सुरुमा सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् ।
आयोगको सूचीअनुसार प्रतिनिधिसभामा राजपाबाट निर्वाचित सर्लाही–२ का सांसद महेन्द्र राय यादव जेष्ठ सदस्य हुनुहुन्छ । नागरिकताअनुसार उहाँको उमेर ८० वर्ष उल्लेख भएपनि वास्तविक उमेर ६६ वर्षमात्र भएको चर्चा छ । कुनै कारणले यादवले सभाको अध्यक्षता गर्न अस्वीकार गरे महोत्तरी–३ बाट निर्वाचित ७५ वर्षिय राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पहिलो सभाको अध्यक्षता गर्नुहुने सचिवालयले जनाएको छ । ५९ जनाको राष्ट्रिय सभामा एमालेबाट निर्वाचित ६९ वर्षीय हरिचरण शिवाकोटी र सोही उमेरकी कांग्रेस सांसद तारादेवी भट्टको नाम सबभन्दा ज्येष्ठ सदस्यमा छ । सांसदलाई शपथ गराउनुअघि ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने छ । प्रवक्ता गौतमले शपथ कार्यक्रममा सहभागी हुन सार्वजनिक सूचना आह्वान गरिसकिएको जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रिय सभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको व्यहोरासहित ढाँचा व्यवस्था छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहे अनुवाद गराएर तीन दिनअगावै संसदका महासचिवलाई उपलब्ध गराउनुपर्ने नियम छ ।























