top of page

बुद्धभुमी १ वालविवाह मुक्त वडा घोषणा

  • Writer: Bhumiputra
    Bhumiputra
  • Sep 20, 2018
  • 2 min read

मणि प्रसाद गैह्रे,

कपिलवस्तु ।  संविधान दिवसको अवसरमा पारेर बुद्धभुमी नगरपालिकाको वडा नं १ लाई वालविवाह मुत्त वडा घोषणा गरिएको छ । वडामा गरिएको सर्वेक्षणमा ९५ प्रतिशत वढि वडा वासिहरुको  विवाह २० वर्ष पुगेपछि मात्र भएको तथ्यांक आएकोले वडालाई वालविवाह मुत्त वडा घोषणा गरिएको वडा अध्यक्ष तेज बहादुर वस्नेतले बताए ।

 वडाको शैक्षिक, सामाजिक अवस्थामा सुधार ल्याउने विभिन्न कार्यक्रम र सचेतना मुलक कार्यक्रम गरिएको वडालाई घोषणा गर्न सफल भएको समेत बताए । साथै यस अघि वडालाई पुर्ण साक्षर, पुर्ण भर्ना तथा पुर्ण खोप वडा समेत घोषणा गरिएको अव तत्काल वालमैत्री वडा घोषणा गर्न तयारी गरिएको समत उक्त सभामा वडा अध्यक्ष वस्नेतले जानकारी गराए ।

कार्यक्रमा वोल्दै नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकले लिएको निति अनुसार विस्तारै विभिन्न वडाहरु वालविवाह मुत्त वडा तथा पुर्ण भर्ना वडा भैरहेको बताए । सामाजिक रुपान्तरणको लागी समुदायमा शैक्षिक र सामाजिक परिवर्तन आवश्यक रहेकोले कार्यपालिकाको वैठक वाट निरन्तर त्यस्ता काम गर्ने काम नगरपालिका वाट भएको बताए ।

साथै यस्ता सामाजिक कार्य मार्फत नगरलाई सबृद्ध बनाउनको लागी सबै सरकारी निकाय र गैर सरकारी निकाय मिलेर लाग्नु पर्ने बताए । कार्यक्रममा उप प्रमुख मिरा थारुले महिलाहरु र सचेत भएर २० वर्ष सम्म छोरीहरुलाई शिक्षा र रोजगारमा लगाई वालविवाह वाट रोक्नु पर्ने बताइन ।

भेलाइमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या, स्रोत व्यात्ति खेमराज पौडेल ,सेभ द चिल्डेनकी नरमाया सुनार, सनसाइन सामाजिक विकास संस्थाका शिवलाल यादव लगायतले वालविवाह र यसले पार्ने असरहरुको बारेमा वोलेका थिए ।

वडालाई वालविवाह मुत्त वनाउन योगदान गर्ने सेभ र चिल्डेन, सनसाइन सामाजिक विकास संस्था, वडामा रहेका विद्यालय, सामुदायिक वन, वालक्लव, आमा समुह तथा विभिन्न संघ संस्थालाई सम्मान गरिएको थियो ।

 वडा सचिव विष्णु प्रसाद पौडेलको संचालन र इश्वरी प्रसाद पौडलको स्वागतमा सिर्दाथ स्मारक  मा वि भेलाईमा सम्पन्न भएको थियो । हालसम्म कपिलवस्तुमा १० वटा वडा वालविवाह मुत्त वडा घोषणा भएका छन् ।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page