डाटा सेन्टरका लागि गुगलले १४ अर्ब खर्चिँदै
- Bhumiputra

- Sep 20, 2018
- 1 min read

काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको डाटा सेन्टरलाई विस्तार गर्नका लागि गुगलले झण्डै १४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
करोडौँ प्रयोगकर्ताका डाटाहरु सुरक्षण गर्ने गुगलको एकमात्र डाटा सेन्टरको रुपमा रहेको चिलीको उक्त डाटा
सान्टियागोस्थित क्विलिकुरामा रहेको विभिन्न १५ वटा डाटा सेन्टरको उक्त कम्प्लेक्समा जिमेल, गुगल म्याप्स, युट्युब, वेज, उबर, इफे लगायत गुगलका विभिन्न एप्लिकेसनबाट सिर्जित असंख्य डाटाहरु संरक्षित गरिन्छ ।
चिलीका राष्ट्रपतिको उपस्थितिमा भएको कार्यक्रममा गुगलले डाटा सेन्टरको क्षमता तेब्बरले वृद्धि गरिने र त्यसक्रममा स्थानीय १ हजार मानिसले रोजगारी पाउने बताएको छ ।
अर्को महत्वपूर्ण कुरा के भने गुगलको उक्त डाटा सेन्टर अटाकामा मरुभूमिमा रहेको इआइ रोमेरो सोलार प्लान्टबाट उत्पादित नविकरणीय ऊर्जाबाट सञ्चालित हुनेछ ।
– एजेन्सी



















Comments