top of page

पेट्रोलियम पदार्थको विक्रि वितरणमा सरकारले कोटा तोक्यो

  • Writer: Bhumiputra
    Bhumiputra
  • Sep 21, 2018
  • 1 min read

काठमाडौं, आश्विन ५, २०७५ – सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । निगमले आज नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनलाई पत्राचार गर्दै मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर तथा अन्य हल्का सवारी साधन कार, भ्यान, आदिलाई बढीमा १५ लिटर पेट्रोल, दिन भनेको छ । यस्तै, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १ सय लिटर डिजेल उपलब्ध गराउन भनिएको छ । साथै एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थ विक्रि वितरण गर्न निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको नियमित आपूर्तीमा असहज परिस्थिती श्रृजना भएको भन्दै निगमले केही समयका लागि कोटा प्रणाली लागु गरिएको जनाएको छ । मुलुकी संहिताको कतिपय प्रावधान संशोधन गर्न माग गर्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ । आयात प्रभावित भएसँगै काठमाडौंसहित मुख्य शहरहरुका पेट्रोल पम्पहरुमा लामो लाईन लाग्न थालेको छ । पेट्रोल अभाव हुनसक्ने अनुमानका बीच उपभोक्ताहरुले पेट्रोल स्टक गर्न थालेपछि तत्कालका लागि कोटा प्रणाली लगाउने निर्णय गरिएको निमगले जनाएको छ ।

निगमका आपूर्ती तथा वितरण विभागका उपनिर्देशक विनितमणी उपाध्यायले थानकोट डिपोबाट नियमित परिमाणमै पेट्रोल र डिजेल वितरण भइरहेकाले अभाव नहुने दाबी गर्नुभयो । चालकहरुको आन्दोलनका कारण आपूर्ती केही प्रभावित भएपनि पूर्ण रुपमा ठप्प नभएको भन्दै उहाँले समस्या समाधानको पहल भइरहेको बताउनुभयो । निगमले आपूर्ती सहज बनाउन ट्यांकर मजदूरलाई यसअघि नै निर्देशन दिइसकेको छ । ट्यांकर मजदूरहरुले आपूर्ती सहज बनाउन अटेर गरे ढुवानी सम्झौतासम्म खारेज गर्ने प्रक्रियामा निगम अघि बढ्ने उपाध्यायले चेतावनी दिनुभयो । 

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page