top of page

वाम गठवन्धन कार्यदलले आर्थिक समृद्धिको खाकालाई आज अन्तिम रुप दिँदै

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 17, 2018
  • 1 min read


वाम गठवन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई आज अन्तिम रुप दिँदैछ । एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा  गठित कार्यदलले सरकारको प्राथमिकताहरु निर्धारण गर्न लागेको हो । कार्यदलको बैठक भैसेपाटीस्थित कार्यदल संयोजक गौतम निवासमा विहान साढे ९ वजेपछि बस्ने गौतम बताइएको छ । 

प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको थियो । कार्यदल सदस्य एवं अर्थविद् डा युवराज खतिवडाले सरकार गठनअघि नै बुझाउनुपर्ने भएपनि ढिलाई भएकाले आज अन्तिम रुप दिइने बताउनुभयो । सो कार्यदलले अघिल्लो सरकारले गरेका केही निर्णयलाई खारेजी गर्न सुझाव दिने बताएको छ । सरकारी कामको प्रक्रिया लम्बिनुमा सार्वजनिक खरिद ऐनको प्रक्रिया लामो भएको निश्कर्ष निकाल्दै कार्यदलले यसको अवघि छोट्याएर फास्ट ट्रयाकमा काम गर्ने खालको विधी बनाउनुपर्ने निश्कर्ष निकालेको छ । यस्तै सहकारीको अधिकार बढाउनुपर्ने, पछिल्लो शिक्षा ऐनले निजी विद्यालयलाई बढी प्राथमिकता दिएकाले अब सहकारी विद्यालयलाई पनि प्रर्वद्धन गर्नुपर्ने निश्कर्ष निकालेको छ । 

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page