top of page

एक्टीभ युथ क्लबद्धारा अग्नी पिडितलाई सहयोग

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 18, 2018
  • 1 min read



सनिउल्ला धोबी,

कपिलवस्तु फाल्गुन ५ । कपिलवस्तुको शिवराज नगरपालिकामा सामाजिक कार्य गर्ने उदेश्यले स्थापना गरिएको एक्टीभ युथ क्लबले अग्नी पिडित परिवारलाई सहायोग गरेको छ । एक्टीभ युथ क्लबले नाम जस्तै काम पनि गरेको छ । एक्टीभ युथ क्लबद्धारा कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा गत पुष २७ गते आगालागी हुदा पिडित भएका परिवारलाई सहयोग स्वरुप सिमेन्ट सहयोग गरिएको छ । एक्टीभ युथ क्लबका अध्यक्ष यम प्रसाद भुर्तेलको नेतृत्वमा पिडित परिवारको घर निर्माणका लागि दश बोरा सिमेन्ट सहयोग गरेको बताउनु भयो । अग्नी पिडित परिवारलाई सहयोग स्वरुप करिब १५ हजारको सिमेन्ट सहयोग गरेको उहाले बताउनु भयो ।

एक्टीभ युथ क्लबले समाजमा उदाहराणिय कार्य गरी पिडित परिवारको घाउमा मलम लगाएको स्थानिय युवा कमल गिरीले क्लबको खुलेर प्रशांस गर्नु भयो । सिमेन्ट पाएपछी अग्नी पिडित राम प्रसाद वि.काको परिवार खुसी भएको छ । आगलागी हुदा मदवाका राम प्रसाद बि.क को घर गोठ जालेर नष्ट भएको थियो भने आगोबाट गोठमा रहेकोे ६ बाख्रा, १ गाई मरेका थिए । एक्टीभ युथ क्लबले समाजिक विकास गर्न र दुखी गरिबलाई सहयोग गर्दै जाने क्बलका अध्यक्ष यम प्रसाद भुर्तेलले बताउनु भयो ।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page