top of page

केन्द्रमा १७ मन्त्रालय रहने सरकारको निर्णय

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 23, 2018
  • 1 min read


काठमाडौं । फाल्गुन ११, २०७४ - सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय रहने निर्णय गरेको छ । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले १७ वटा मात्र मन्त्रालय राख्ने निर्णय गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रीमण्डल बनाउन पाउने संवैधानिक ब्यवस्था रहेपनि सरकारले १७ वटा मन्त्रालय र एउटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहने निर्णय गरेको हो । यसअघि ३० वटा मन्त्रालय थिए । मन्त्री  पण्डितका अनुसार, आावश्यक गृहकार्य गरी गाभिने मन्त्रालयबारे टुंगो लगाएर मन्त्रालयको नाम तय गरिनेछ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकारमा बिष्णुप्रसाद रिमाल नियुक्त हुनु भएको छ । बैठकले पोलिट्ब्युरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । रिमालले प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा समेत सोही जिम्मेवारी सम्हाल्नु भएको थियो ।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page