top of page

प्रधानमन्त्रीलाई प्रदेश २ का मुख्यमन्त्रीको पत्रः हाम्रो काममा अवरोध नगर

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 25, 2018
  • 1 min read

काठमाडौं । प्रदेश २ को सरकारले आफ्नो काममा संघीय सरकारले असहयोग तथा अवरोध गरेको गुनासो गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रै लेखेर संघीय मन्त्रालय र कर्मचारीको असहयोग भएको गुनासो गरेका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा केन्द्र र प्रदेश सरकारबीच समन्वय र सहकार्यमा जोड दिएका छन् । स्थापित हुन लागेको प्रादेशिक संरचनालाई नीतिगत, कार्यगत र स्रोतसाधनमा सहयोग चाहिएको पनि बताएका छन् ।

तर, केेन्द्रीय मन्त्रालय र कर्मचारीबाट प्रदेश सरकारको काममा असहयोग तथा अवरोध भएको राउतको गुनासो छ ।

मुख्यमन्त्रीको पत्रमा भनिएको छ, ‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलता छ, यसबारे म र मेरा मन्त्रिमण्डलका साथीहरु वा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीहरुबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ ।’

अघि भनिएको छ ‘त्यतिमात्र नभएर समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेका छन् ।’

सुरक्षाबारे प्रदेश सरकारले पनि निर्णय गर्न पाउनु पर्ने प्रदेश सरकारको माग भएको एक अधिकारीले बताए । प्रदेश सरकार स्रोतले भन्यो, ‘अब यो त सरकार हो । सबै कुरा केन्द्रले निर्देशन हुने हो भने यहाँको क्याविनेटले के गर्ने ?’

प्रदेश सरकार बनेपनि कर्मचारी तथा स्रोत साधनको अभाव रहेको र केन्द्रले खटाएका कर्मचारी अझै प्रदेशका काममा नआएको प्रदेश २ को सरकारले बताएको छ । मुख्यमन्त्री राउतले आफ्नो पत्रमा भनेका छन्, ‘कर्मचारी अभावमा प्रादेशिक काम कारबाही धेरै दिनसम्म अवरोध गरी राख्नुको साटो त्यसका विकल्पहरु प्रदेश सरकारले अवलम्बन गर्न आवश्यक सहयोग गरी दिन अनुरोध गर्दर्छौं ।’


्रोतका अनुसार कर्मचारी नआउने हो भने प्रदेश आफैंले भर्ना गर्न मापदण्ड तोक्न केन्द्र सरकारलाई आग्रह गरिएको हो । संविधानमा प्रदेश लोकसेवा आयोगको परिकल्पना गरिएको छ ।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page