top of page

रारामा हिउँ खेल्नको घुईचो (फोटो फिचर)

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 14, 2018
  • 2 min read

मुगु – माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसंगै बाह्य पर्यटकको संख्यामा पनि उतिकै वृद्धि हुन थालेको  छ।

माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसग खेल्न पाउनु  निकै खुसिको कुरा भएको बताएका छन । गएको आईतबार बेलुका रारा ताल पुग्न एक घण्टा नजिकै छायानाथ रारा नगरपालिका वडा नम्बर ८ मा पर्ने सल्लेरी भन्ने स्थानमा पुगेका भारतको कानपुरका एक साईकिलिङका पारखी एक पर्यटकको परिवार भने भारी हिमपातका कारण सोमवार पनि सल्लेरीमा नै बसे।


बर्षा याममा रंगी चंगी फुल फुलेका वेला जो पनि #रारा आउन सक्छ तर हिउदे सिजनमा रारामा पुगेर हिउँसंग खेल्नुको आनन्द नै अर्को हुन्छ

सल्लेरी देखि उनले ल्याएको जिप पनि नजाने र हिडेर पनि ताल छेउ पुग्न मुश्किल तथा मौसम पनि प्रतिकुल रहेकाले २ दिन सल्लेरीमा विताउनु परेको सञ्जय रायले बताए । उनले नेपालगञ्ज देखि रारा घुमेर भारतिय नाकासम्मका लागि १४ दिनको भारतिय नम्बर प्लेटको जिपको अनुमति ल्याएको भए पनि हिमपातका कारण अझै हप्ता दश दिन ढिलो हुन सक्ने उनले बताए।

नेपालगञ्ज सुर्खेत हुँदै रारासम्मको हिमालयन साईकल यात्रा गर्न सकिन्छ कि सकिदैन भनेर अध्ययन गर्न आए पनि हिमपातका कारण तालसम्म पुग्नै समस्या रहेको उनले बताए । यहाँ पुगे पछि ताल नहेरर जाने कुरै भएन बरु गाडीको अनुमति अवधी सकिए जरिवाना तिर्नु पर्ला रारा हेरेरै जान्छु रायले भने । उनि मंगलवार विहान गाडी सल्लेरीमा रोकेर रारा तर्फ गएका छन।

कानपुरका राय मात्र हैनन, काठमाण्डौ ज्ञानेश्वरका पर्यटन व्यवसायी सशांक थापा, काठमाडौं कालिका स्थानका असिमान वस्नेतको टोली हिमपातकै समयमा रारा घुम्न आई पुग्यो । धेरै मानिसहरुले रारामा सिजनल भ्रमण गर्नु पर्छ भन्थे तर बाह्रै महिना घुम्न लायकको रहेछ । टोलीका प्रमुख थापाले भने।

बर्षा याममा रंगी चंगी फुल फुलेका वेला जो पनि रारा आउन सक्छ तर हिउदे सिजनमा रारामा पुगेर हिउँसंग खेल्नुको आनन्द नै अर्को हुन्छ थापाले भने । हिउँ परेको समयमा स्केटिङ्ग खेल खेल्न व्यवस्था र पोखरा, विराटनगर, काठमाडौं देखि सोझो हवाई यातायात सेवा र सडकको स्तरोन्नती गर्न सके विदेशी पर्यटकहरुको प्रमुख गन्तव्य रारा वन्न सक्ने उनले बताए।

विगतमा भन्दा अहिलेको हिउँदमा हिउँ खेल्नका लागि आउने पर्यटकको संख्या दिन बढि रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।








 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page