top of page

प्रदेश ५ मा को-को बन्लान् पहिलो चरणमा मन्त्री ?

  • Writer: Bhumiputra
    Bhumiputra
  • Feb 15, 2018
  • 1 min read


बुटवल । प्रदेश नम्बर ५ मा बिहीबार सानो आकारको मन्त्रीमण्डल गठन हुँदैछ । बिहीबार तीन सदस्यीय मन्त्रीमण्डल बनाउने एमाले र माओवादीबीच पूर्वसहमति छ ।

यसअघि बुधबार एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनिसकेका छन् भने बुधबार नै प्रदेश ५ ले सभामुख पनि चयन गरिसकेको छ ।

प्रदेश ५ मा माओवादीको नेतृत्व संसदीय दलका नेता कुलप्रसाद केसीले गर्ने सम्भावना छ । यसअघि संसदीय दलका उपनेता कृष्णध्वज खड्काको चर्चा बढी थियो ।


एमालेले यसअघि नै नवलपरासीका बैजनाथ चौधरीलाई पहिलो चरणमा सरकारमा पठाउने जनाएको थियो ।

तर केसीले आफू संसदीय दलको नेता भएकाले नेतृत्व पनि आफैले पाउनुपर्ने दावी गरेका छन् । यद्यपि खड्काले पनि आफ्नो दावी छाडेका छैनन् । त्यसैले बिहीबार एमाले र माओवादीबाट एक-एक जना मात्र मन्त्री थपेर तीन सदस्यीय मन्त्रीमण्डल गठन हुने सम्भावना छ ।

एमालेले यसअघि नै नवलपरासीका बैजनाथ चौधरीलाई पहिलो चरणमा सरकारमा पठाउने जनाएको थियो ।

प्रदेश प्रमुखको निवास अगाडि बिहीबार दिउँसो ३ बजे मुख्यमन्त्री र मन्त्रीहरुको शपथ हुनेछ । शपथपछि आजै नै पदभार ग्रहण गर्ने तयारी छ ।

प्रदेशमा ५ मा ७ मन्त्रालय मात्र रहनेछन् । माओवादीले कम्तीमा तीन मन्त्रालयमा दावी गरेको छ । माओवादीले गृह र एमालेले अर्थ मन्त्रालय लिने सहमति भइसकेको छ । तर भौतिक योजनामा दुवैले दावी गरेकाले टुंगो लागिसकेको छैन ।





 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page