यूएईद्वारा नेपाल सामु २७८ रनको लक्ष्य प्रस्तुत
- Bhumiputra

- Feb 15, 2018
- 2 min read
वर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि जारी खेलमा यूईले नेपाल सामु २ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डकस्थित वान्डरर्स क्रिकेट मैदानमा पहिले व्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको हो । नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले समान एक/एक विकेट लिए । यूएईका अस्फाद अहमेद १ सय १४ रनमा अविजित रहे । रोहन मुस्ताफा ५१, रमिज सहजाद ४१ र साईमन अन्वारले ४० रन जोडे । नेपालले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । राउण्ड रोबिन लिगका ५ मध्ये ४ मा जित र १ मा हार सहित नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै फाईनलमा प्रवेश गरेको हो भने ३ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेर यूएईले पनि उपाधि यात्रा तय गरेको थियो । नेपाल र यूएईबीचको बिजेता वेष्ट ईण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगीनी रहेको समूह ‘ए’ मा रहनेछ । उपविजेता टोली जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेको समूह ‘बी’ मा पर्नेछ ।
इदुbवर्ल्ड क्रिकेट लिग डिभिजन टूको उपाधिका लागि जारी खेलमा यूईले नेपाल सामु २ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डकस्थित वान्डरर्स क्रिकेट मैदानमा पहिले व्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको हो । नेपालका बसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले समान एक/एक विकेट लिए । यूएईका अस्फाद अहमेद १ सय १४ रनमा अविजित रहे । रोहन मुस्ताफा ५१, रमिज सहजाद ४१ र साईमन अन्वारले ४० रन जोडे । नेपालले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । राउण्ड रोबिन लिगका ५ मध्ये ४ मा जित र १ मा हार सहित नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै फाईनलमा प्रवेश गरेको हो भने ३ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेर यूएईले पनि उपाधि यात्रा तय गरेको थियो । नेपाल र यूएईबीचको बिजेता वेष्ट ईण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगीनी रहेको समूह ‘ए’ मा रहनेछ । उपविजेता टोली जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेको समूह ‘बी’ मा पर्नेछ ।




















Comments