top of page

कञ्चनपुरकी रीमालाई भारतका उपराष्ट्रपतिबाट गोल्ड मेडल प्रदान

  • Writer: Bhumiputra
    Bhumiputra
  • Aug 20, 2018
  • 1 min read



कञ्चनपुरको राना थारु समुदयाकी एक विद्यार्थीले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाएकी छन् । पुनर्वास नगरपालिका ७ की रीमा रानाले बैंग्लोरस्थित मल्लिगे कलेज अफ फार्मेसि कलेजबाट मास्टर डिग्री (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याएर भारत करनाटका प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन्।

करनाटका प्रदेशबाट सबैभन्दा धेरै अंक ल्याएकी रीमालाई १० अगष्टमा भारतका उपराष्ट्रपति एम वेंकैया नायडुले स्वर्णपदकबाट विभुषित गरे।

कञ्चनपुरको पुनर्वासस्थित युगज्योति एकडेमीबाट २०६५ सालको प्रवेशिका परीक्षामा ८३.१३ प्रतिशत अंक ल्याएकी रीमाले बैंग्लोरको मल्लिगे कलेजमा फार्मेसी विषय अध्ययन गरेकी हुन्।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page