top of page

दोश्रो बुद्धभुमि नगर सभा सम्पन्न

  • Writer: Bhumiputra
    Bhumiputra
  • Mar 12, 2018
  • 2 min read

नगर सभाले बुद्धभुमि राजपत्र प्रकासन गर्दै विभिन्न ऐन नियम पारित

नन्दराम पौडेल । कपिलवस्तु

बुद्धभुमि नगरपालिकाको दोश्रोनगर सभाले स्थानीय राजपत्रको नामाकरण बुद्धभुमि राजपत्र राख्ने नियर्ण गर्नुको साथै शिक्षा नियमावली २०७४ नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको ऐन २०७४,स्थानिय कृषि ब्यावसाय प्रर्बधन ऐन २०७४,बजार अनुगमन निर्देशिका ०७४ र कार्यक्रम बजेट तथा योजनाहरुको संसोधन प्रस्ताव नगरसभाले सर्बसम्मतीवाट पारित भएको छ ।

स्थानीय राजपत्रको नाम बुद्धभुमि राजपत्र नामाकरण गरियोस भन्ने नगरसभा अध्यक्ष केशब कुमार श्रेष्ठले गरेको प्रस्तावमा सबै नगरसभा सदस्यहरुले सर्ब सम्ममत रुपमा पारित गरेका थिए । यसै गरी नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यावस्थ ागर्न बनेको ऐन र २०७४,स्थानिय कृषि ब्यावसाय प्रर्बधन ऐन २०७४,बजार अनुगमन निर्देशिका ०७४ र कार्यक्रम बजेट तथा योजनाहरुको संसोधन प्रस्ताव पनि नगर प्रमुख श्रेष्ठले निर्णयार्थ प्रस्तुत गर्नु भएकोमा सर्ब सम्मत रुपमा पारित भएको थियो । शिक्षा नियमावली ०७४ विधेक समितिका संयोजक खुमानन्द न्यौपानेले प्रस्ताव पेश गरेपनि शिक्षा नियमाबलीमा संसोधन गर्न विभिन्न नगर सभाका सदस्यहरुले सुझाव दिएका थिए ।

शिक्षा नियमावलीमा संसोधनका लागी नगर कार्यपालिकाका सदस्य भेषराज खनाल ,सदस्य इश्वरी खनाल,गोविन्द्र प्रसाद आर्चाय कपिल तिवारी, नन्दलाल यादव ,लोकनाथ खनाल, इश्वरी पौडेल, रामदेव पासि, तेज बहादुर.बस्नेत लगाएतले विभिन्न सुझाव राखेका थिए । लामो समयको छलफल पछि शिक्षा विधेयक पास भएको थियो ।

नगरसभामा पुर्वाधार समितिका संयोक तेज बहादुर बस्नेतले कार्यक्रम बजेट तथा योजनाहरुको संसोधन प्रसात पेश गरेकोमामा सो प्रस्ताव पनि सर्ब सम्मत पारित भएको छ ।

नगरसभाको बुद्धभुमि नपा प्रमुखले बैठक संचालन गनुुुुुुुको साथै सहभागीहरुवाट उठेका जिज्ञासा तथा संसोधन प्रस्तावमा समाबेश गर्नु पर्ने ऐन नियमहरुलाई पनि समय अनुसार परिवर्तन गरिन सक्ने भनेपछि उक्त संसोधन प्रस्ताव सर्बसम्मतिले पारित गरेको थियो ।

यसै गरि नगरप्रमुख केशव श्रेष्ठले तीन तहका सरकारको ब्यावस्था भएकोले यस स्थानीय सरकारले आफ्नो नगरपालिकालाई सम्बृद्ध बनाउने लक्ष्य रहेकोले सबै नगरसभाका सदस्यहरु एक भएर लाग्न आग्रह गदै हिजो हामी जहाजुन ठाउमा भएपनि आज सबै एकै उद्देस्य र लक्ष्यका साथ अगाडी बढनु पर्नेमा जोड दिनु भएको थियो ।



नगरसभामा उम मेयर ,प्रमुख प्रशासकिय अधिकृत ,विषयगत कार्यालयका प्रमुख तथा कर्मचारी र संचारकर्मीहरुको ,सुरक्षाकर्मी समेतको उपस्थिती रहेको थियो ।

बैठक ११ बजे शुरु भई ३ बजे सम्पन्न भएको थियो ।

फोटो विवरण ः १ दोश्रो नगरसभामा मेयर केशव कुमार श्रेष्ठले बैठक संचालन गर्दे साथै उपमेयर र प्रमुख प्रशासकिय अधिकृत आसन ग्रहण गर्दै ।

२ बैठकमा सहभागी महिला सदस्य तथा नगरसभाका सदस्यहरु



 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page