top of page

देशको अर्थतन्त्र माफियाको हातमा : गृहमन्त्री थापा

  • Writer: Bhumiputra
    Bhumiputra
  • May 14, 2018
  • 2 min read

‘गुन्डाको सफाया गर्न ब्ल्याक लिस्ट तयार छ’

काठमाडौं ।

पोखरा — गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट)वालाको हातमा रहेकाले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर हुनपुगेको बताएका छन् । देशको विकासको लागि यस्ता प्रवृत्तिको अन्त्य अपरिहार्य भएको भन्दै उनले सरकारले आवश्यक कदम चालेको दाबी गरे । 

‘राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा पनि हुन सक्दैन,’ प्रेस सेन्टर कास्कीको पत्रकार भेटमा उनले भने, ‘सरकार यस्ता गलत प्रवृत्तिको अन्त्यका लागि दृढतापूर्वक लागेको छ ।’ विकास र समृद्धिको एउटा आधार सुशासन, शान्ति र स्थायित्वलाई महत्व दिएर सरकार अघि बढेको उनको भनाई थियो । ट्याक्सी, ट्रकलगायत यातयात र अन्य क्षेत्रमा विद्यमान सिन्डीकेट अन्त्य गर्ने अभियानमा सरकार लागेको उनले दोहोर्‍याए । विकास, समृद्धि, शान्ति, स्थायित्व, सुशासनलाई स्थापित गर्न भ्रष्टचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र सिन्डीकेटलाई पूर्णरुपमा समाप्त गर्न जरुरी रहेको उनले बताए । ‘यातयात, कृषि, उद्योग, स्वास्थ्यलगायत क्षेत्रमा रहेको एकाधिकारलाई उखेल्न सरकार प्रतिवद्ध छ’ उनले भने, ‘आर्थिक प्रगतिलाई रोक्ने यिनै तत्व हुन । धेरै टाट पल्टने मुठिभर फस्टाउने चलनको अन्त्य आवश्यक छ ।’ खारेज गरिसकेको यातायातमा सिन्डीकेटवाला संस्थाको खातामा रहेको पैसा अवैध भएकाले त्यो सरकारको हुने उनले बताए । यसकालागि एउटा कार्यदल बनेको र त्यसको सिफारीश अनुसार उक्त रकम प्रयोग गर्ने उनको भनाई थियो । देशमा गुन्डाराजको अन्त्यका लागि गुन्डाको ब्ल्याक लिस्ट तयार भएको भन्दै उलने गुन्डाको ‘सफाया’ गरिने बताए । देशको आवस्यकता र जनताको जनादेश बिकास र समृद्धि रहेको उनले बताए । सुशासन अभावमा देश पछि परेको उनको टिप्पणी थियो । आगामी बजेटबाट विकासको योजना ल्याउने तयारी भइरहेको उनले बताए । विकासको लागि स्थायित्व र स्थायित्वका लागि पार्टी एकता अहिलेको अपरिहार्यता रहेकाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको उनले बताए । ‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वैचारिक, राजनैतिक र सांगठतिक आधार तयार भएका छन,’ उनले भने । एक फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकमा जाति, धर्म, क्षेत्रको नाममा अस्थिरता ल्याउने तत्वलाई नियन्त्रण र निस्तेज गर्न सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि काम अघि बढाईसकिएको उनको भनाई थियो । ‘नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्ने (पूर्णत समाप्त पार्न) कठोर कदम चाल्ने छौ,’ विप्लव माओवादीप्रति संकेत गर्दै उनले भने, ‘कठोरतापूर्वका संविधान र कानुनको दायरामा ल्याउने छौं ।’


0७५ वैशाख ३१ गते सभार ः


 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page