नेपालमा भ्रष्टाचार नै छैन कि त अख्तियारले आफ्नो काम नै गरेको छैन
- Bhumiputra

- Mar 29, 2018
- 2 min read

चैत्र १५, २०७४ सार्वजनिक पदमा बसेका व्यक्ति पदमा रहेको समय होस या अवकास पाइसकेपछि, जुनसुकै अवधिमा उसले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानविन गरी भ्रष्टाचार मुद्दा चलाउने अधिकार अख्तियार दूरुपयोग अनुसन्धान आयोगसँग छ । र यो नै आयोगको प्रमुख काम पनि हो ।
तर अख्तियारले अदालतमा दायर गरेका मुद्दाको संख्या हेर्ने हो भने कि नेपालमा भ्रष्टाचार नै छैन कि त अख्तियारले आफ्नो प्रमुख काम नै गरेको छैन भन्ने देखिन्छ ।
पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने अख्तियारले अकुत सम्पत्तिको मुद्दा दर्ता गर्ने क्रम घट्दो छ । चालु आर्थिक वर्षमा जम्मा ४ वटा अकुत सम्पत्तिका मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । सरकारी पदमा छँदा कसैले पद र शक्तिको दुरुपयोग गरी अवैध सम्पत्ति कमाएको र अस्वाभाविक जीवनशैली अपनाएको देखिएमा उसको भएभरको सम्पत्तिको विवरण खोजी अख्तियारले त्यसको वैधता जाँच गर्दछ । वैध आम्दानीको तुलनामा बढी सम्पत्ति देखिएमा त्यसैलाइ भ्रष्टाचार गरेको निर्क्योल गरी अदालतमा मुद्दा चलाउँछ ।
ट्रान्सपरेन्सी इन्टरनेसनललगायत राष्टिय अन्तराष्टिय अनुसन्धान संस्थाहरुले नेपालमा भ्रष्टाचार बढेको बढ्यै भएको तथ्यांक सार्वजनिक गरेका छन् । तर अख्तियारले दर्ता गरेका मुद्दालाइ हेर्दा उसको काम गराइ निकै नै निरिह देखिन्छ ।
अकुत सम्पत्ति हेर्ने जिम्मेवारी पाएको निकाय अख्तियारबाटै मुद्दा कम आउने भएपछि त्यसको फछ्यौटको अवस्था पनि धीमा छ । विशेष अदालतमा नयाँ पुराना गरी २३ वटा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकोमा विगत तीन वर्षदेखि जम्मा ३ वटा मात्रै फछ्यौट भएका छन ।
सार्वजनिक जिवन यापन गर्ने कर्मचारि तथा राजनीतिक दलका नेताहरुको जिवनस्तर हेर्दा अकुत सम्पत्तिको दायरा भित्र धेरैलाइ ल्याउनु पर्ने देखिन्छ । तर भ्रष्टाचारीलाइ कानुनको कठघरामा उभ्याउन अख्तियारलाइ केले छेकेको छ त ?
भष्ट्राचार नियन्त्रणको प्रमुख उपायका रुपमा रहेको अकुत सम्पत्ति छानविनमा अख्तियारको उदासिनताले भष्ट्राचारलाइ नै प्रश्रय दिएको त होइन भन्ने प्रश्नसमेत उठाउँछ । अख्तियारले पनि संविधानले तोकेको प्रमुख कर्तव्य पूरा नगर्ने हो भने यो शक्तिशाली संवैधानिक आयोग केवल देखाउँने दाँत मात्रै सावित हुनेछ ।ो समेत सहमति आवश्यक रहेकाले सबै पक्षसँग घनिभूत छलफल आवश्यक रहेको समितिले जनाएको छ।



















Comments