top of page

नारी दिवस र प्रथम मेयर कप खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम

  • Writer: Bhumiputra
    Bhumiputra
  • Mar 9, 2018
  • 2 min read


बुद्धभूमी, कपिलवस्तु ।

बुद्धभूमी नगरपालिकाले नगर स्तरीय प्रथम मेयर कप प्रतियोगिता मिति २०७४।११।१९ गते देखि २३ गते सम्म बुद्धभुमी खेल मैदानमा विभिन्न खेलका साथ सम्पन्न गरेको छ । उक्त प्रतियोगितात्मक कार्यक्रममा नगर स्तरका सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तह ६–८ देखि १००, २००, ४०० मिटर छात्रा÷छात्रको दौड प्रतियोगिता, मा.वि. तहबाट ज्याभलिङ्ग थ्रो र भलिबल एवं नगर स्तरका क्लबहरुको सहभागितामा क्रिकेट प्रतियोगिता सम्पन्न गरी खेलगत रुपमा कप, मेडल, प्रमाण पत्र, नगद पुरस्कारका सहित खेलका विजेतालाई १०८ औं नारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमको समारोह बीच वितरण गरिएको छ । भलिबल तथा ज्याभलिङ्ग थ्रो मा १२ विद्यालय, दौडलमा २५ विद्यालय, क्रिकेटमा १५ वटा युवा क्लबहरुको सहभागिता रहेको थियो । ११ जना खेल प्रशिक्षक ज्यूहरुलाई प्रंशसा पत्र द्धारा सम्मान गरिएको यस कार्यक्रमले बुद्धभूमी न.पा.को अगामी दिनमा खेल खेलाडी र सद्भावलाई बढाउने विश्वास सहित नगर प्रमुख केशव कुमार श्रेष्ठ ज्यूले आफ्नो भनाई राख्नु भएको छ ।



१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसका अध्यक्ष नगर उपप्रमुख मिरा थारु प्रमुख अतिथि प्रदेश सभा सदस्य माला गोतामे, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल ज्यूबाट नारीहरुको भूमिका, अधिकार र न्यायिक समताका लागि आफ्ना मन्तव्य राख्दै बुद्धभूमीको प्रथम मेयर कप खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई समेत सम्बोधन गर्नु भएको थियो । यस कार्यक्रममा दश वटै वडाबाट आमा समूह, महिला विकासका सहकारी संस्थाहरु, स्वंय सेविकाहरु, जनप्रतिनिधिहरु गरी एक हजारको उपस्थितिमा नारी दिवसलाई भव्यताको साथ मनाईकोमा नारीहरुले कार्यक्रम प्रति मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ । नारी दिवसको कार्यक्रममा चेतनामूलक नाटक, कुर्सी दौड प्रतियोगिता एवं रोचक गीतहरुले कार्यक्रमको प्रभावकारितामा मनोरञ्जन ल्याएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन सम्बन्धि निर्णय नगरपालिकामा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, विषयगत शाखा प्रमुखहरुको निर्णय बाट भएको हुँदा सबैको जिम्मेवारी देखिएको प्रंशासनिय पक्ष रहयो । कार्यक्रमको सञ्चालन बुद्धभुमी न.पा. वडा नं. ९ का वडा सचिव पार्वता पन्थी, बुद्धभुमी स्रोत केन्द्र, स्रोत व्यक्ति खेमराज पौडेलले गर्नु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य कार्य पालिका सदस्य खिमकला पाण्डे ज्यू र शुभकामना मन्तव्यमा वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपाने दिनु भयो भने महिलाहरुको बारेमा शुभकामना मन्तव्य सिता न्यौपानेले आफ्ना अधिकारका बारेमा प्रष्ट पार्नु भयो । त्यसैगरी सुआहार कार्यक्रमबाट साजना श्रेष्ठ, महिला स्वंय सेविका चुमा खनालले राख्नु भएको थियो ।



प्रथम मेयर कप प्रतियोगिताको भलिबलमा प्रथम श्री गौतम बुद्ध मा.वि., गोरुसिङ्गे र क्रिकेट तर्फ प्रथम श्री सुर्यादय युवा क्लब बुद्धभूमी ९ चौव्वनपुरलाई नगद पुरस्कार रु. १०,०००।— कप, प्रमाण पत्र, मेडल सहित संस्थालाई प्रंशसा पत्र समेत प्रदान गरेर ऐतिहासिक रुपको प्रथम कार्यक्रम सम्पन्न गरेको छ ।

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page