top of page

पेट्रोलको मूल्य फेरि बढ्यो

  • Writer: Bhumiputra
    Bhumiputra
  • Aug 20, 2018
  • 1 min read


काठमाण्डौ : भाद्र ३, २०७५ नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल/मट्टितेलमा २/२ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल/प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रति लिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । 


 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page