top of page

मुख्यमन्त्रीको गुनासोः आसन पाइयो, ‘शासन’ गर्न पाइएन

  • Writer: Bhumiputra
    Bhumiputra
  • Mar 19, 2018
  • 1 min read

५ चैत, बुटवल । एमाले नेता शंकर पोखरेल केपी शर्मा ओली सरकारका सम्भावित मन्त्री थिए । तर, चुनाव अघि नै वाम गठबन्धनमा भावी मुख्यमन्त्रीमा सहमति जुटेपछि प्रदेशमा झरे । प्रदेश ५ मा वाम गठबन्धनको बहुमत पनि आयो र पूर्वसहमति अनुसार पोखरेल मुख्यमन्त्री पनि बनेका छन् ।

तर, प्रदेश सरकारका नाममा आसन पाएपनि ‘शासन’ गर्न नपाएको पोखरेलको गुनासो छ ।

प्रदेशमा प्रर्याप्त पूर्वाधार नभएको र कानुन समेत बनाउन बाँकी रहेकाले अहिले प्रदेश सरकार आसनमा बस्ने काममा मात्रै सीमित भएको उनले बताए ।

‘अहिले प्रदेश सरकार आसनमा बसेको मात्रै छ, शासन गर्न पाएको छैन’ सोमबार एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश सरकारले आफ्ना कानुनहरु बनाइसकेपछि मात्रै शासन (काम) गरेको अनुभूति जनताले गर्न पाउनेछन् ।’

मुलुक कानुन निर्माणको चरणमा रहेको भन्दै उनले कानुन निर्माणपछि मात्रै प्रदेश सरकारका काम कारवाहीहरुले गति लिने बताए । उनले अघि भने, ‘अहिले हामीले प्रादेशीक संरचनाका रुपमा प्रदेश संरचना पाएका छौं तर, एकात्मक राज्यको मनोबिज्ञानलाई संघीयतामा ढाल्ने कुरा आफैंमा चुनौतीपूर्ण छ ।’

भुगोल, समाज र मनोबिज्ञानलाई जोडेर प्रदेश ५ लाई बलियो र समृद्ध प्रदेश बनाइने उनले बताए ।

पोखरेलले अघि भने, ‘एकात्मक शासन व्यवस्था हामीले छोडिसक्यौं, अब संघीयता छोड्न सक्दैनौ । विकास र समृद्धिको मिसनलाई सफल बनाउन सबै लाग्नुपर्छ ।’

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page