top of page

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

  • Writer: Bhumiputra
    Bhumiputra
  • May 4, 2018
  • 1 min read

काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । रिपोर्टस क्लब, भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।

सिटौलालाई महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले अनलाइनखबरलाई बताए ।

उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।

पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । त्यसबारे सरकारी वकिलसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गराएकाे अाराेपमा उनी पक्राउ परेका हुन् । यसअघि  गृहमन्त्री रामबहादुर थापा बादलले  सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

०७५ वैशाख २१ गते सभार ः अनलाइन


 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page