रंगको अर्थ तथा जानकारी
- Bhumiputra

- Mar 1, 2018
- 1 min read

होलीमा प्रयोग हुने रातो, हरियो तथा नीलो रंगलाई मूल रंग मानिन्छ । रातो रंगलाई प्रेम, पवित्रता र ऊर्जा तथा नीलोलाई ताजगीको प्रतीक मानिँदै आएको छ ।
हरियो रंगलाई शीतलता तथा आशाको प्रतीक तथा कालो रंगलाई गम्भीरता, उदासी अन्धकार एवं अज्ञानताको प्रतीक मानिन्छ ।
सेतो रंगलाई शान्ति, शुद्धता, सहयोग, उज्यालो, निष्ठा एवं एकताको प्रतीक मानिन्छ ।
पहेंलो रंगलाई उज्यालो तथा प्रसन्नता, गुलाफीलाई भावुकता एवं कोमलतासँग जोडेर हेरिन्छ ।
सुन्तला रंगलाई बल र बुद्धिको सूचक तथा बैजनीलाई सान, कला एवं भावनाको अभिव्यक्तिका रूपमा लिइन्छ ।
वसन्त ऋतुसँगै आउने होली अर्थात् फागु खेल्दा गुणस्तरीय तथा पानीमा घुल्ने रंग छनौट गर्नुपर्छ ।
खुला रंगको तुलनामा सिलबन्द प्याकेटको रंग राम्रो मानिन्छ ।
गोल्डेन, सिलिका तथा सिल्भर मिसाइएको रंग किन्नु हुँदैन ।
धुँदा नजाने तथा सुख्खा रंग छनौट गर्नु हुँदैन ।
कुनै–कुनै रंगले एलर्जी हुने भएकाले आफ्नो छालासँग सुहाउने रंग छनौट गर्नुपर्छ ।
रंगले व्यक्तिको पहिचान झल्काउने भएकाले सोहीअनुरूप रंग छनौट गर्नुपर्छ । सम्भव भएसम्म प्राकृतिक रंग छनौट गर्नु उपयुक्त हुन्छ



















Comments