top of page

राष्ट्रिय सभा बैठक बस्दै

  • Writer: Bhumiputra
    Bhumiputra
  • Mar 27, 2018
  • 1 min read



चैत्र १३, २०७४ राष्ट्रिय सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग सम्वन्धी अध्यादेश पेश हुने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । दुबै आयोगको गत फागुनमा समयावधी सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश मार्फत एक वर्षको म्याद थप गरेको थियो । यसैबीच, प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति बैठक पनि आज बस्दैछ । बैठकले प्रतिनिधि सभा मातहत रहने समितिको नाम, संख्या लगायतबारे छलफल गर्नेछ । यी बिषयमा राजनीतिक दलको समेत सहमति आवश्यक रहेकाले सबै पक्षसँग घनिभूत छलफल आवश्यक रहेको समितिले जनाएको छ ।  प्रकाशित:चैत्र १३, २०७४

 
 
 

Comments


Address

Buddhabhumi Municipality-2,

Gorusinge, kapilvastu, Nepal

Contact

Follow

  • facebook
  • twitter
  • googlePlus

9867111418

©2018 by Bhumiputra Publication Pvt.Ltd. Proudly created with Wix.com

bottom of page