वुद्धभुमी नगरपालिकामा तीन महिने कम्प्युटर तालीम समापन
- Bhumiputra

- May 27, 2018
- 1 min read

कपिलवस्तु , ५ जेठ । कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा आव ०७४/ ७५ मा स्वीकृत वार्षीक वजेट अनुसार संचालन भएको तिन महिने आधारभुत कम्प्युटर तालिम शनिवार समापन भएको छ ।
नगरपालिका भित्र भएकाे कार्यक्रममा करिव ५ सय जना तालिममा सहभागी भएका थिए । वुद्धभुमी नगरपालिकाको सहयोग र माइक्रोटेक कम्प्युटर एजुकेसन एण्ड आइ टि शलुसनको आयोजनामा रहेको उक्त तालिमा फागुन १ गते वाट नगर भित्रका विभिन्न ठाउमा संचालन भएको आयोजकका निर्देशक अनिल अधिकारीले वताए ।

तालिमको समापनमा वोल्दै वुद्धभुमी नगरपालिका मेयर केशव श्रेष्ले तालिममा सिकेका कुरालाई व्यावहारमा उतार्नुपर्ने वताए । कम्प्युटर शिक्षाकाे आजको आवश्यक्ता रहेको वताउदै नगर कार्यपालिकाले स्थानियहरुको लागी यो कार्यक्रम लागु गरेको जनाए । वुद्धभुमी नगरपालिकाका भित्री गाउँहरुमा कम्प्युटर कसैलाई थाहा नभएको पाइएकोले यो कार्यक्रम पछि स्थानिय नागरीक पनि कम्प्युटर वारे जानकार भएको वताए ।
त्यस्तै कार्यक्रममा वोल्दै राइटस्टेप एजुकेसन एकेडेमीका व्यावस्थापक दिपेन्द्र पौडेलले स्थानिय निकायमा कम्प्युटर जानेका कर्मचारी आवश्क हुने हुनाले कम्प्युटर शिक्षामा दक्ष हुनपर्ने वताए ।विभिन्न वडामा समेत कम्प्युटर शिक्षाको आवश्यक्त रहेको वताउदै तालिममा सिकेका कुरालाई व्यावहारमा लागु गर्नुपर्नेमा जाड दिए ।
तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । माइक्रोटेक कम्प्युटर एजुकेसन एण्ड आइ टि शलुसनका निर्देशक अनिल अधिकारीले अध्यक्षता,वुद्धभुमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रम मदन लम्सालको स्वागत मन्तव्य र दिपक केसीको संचालनको सम्पन्न भएको छ ।



















Comments